फेसबुक, यूटुवमा देखेको तरकारी मोहले सुत्न दिएन सूर्य बहादुरलाइ

पत्रकार,सीता डोटेल

फेसबुक, यूटुव जस्ता सामाजिक सञ्जाल धेरैको लागि आपत परेको छ । नराम्रा र नचाहिने चिजले सामाजिक सञ्जाल भरिएका र यसैको दुरुपयोगले कैयौं घटना घटेको बाहिर आएको छ तर, पाल्पा निस्दी ५ का सूर्य बहादुर खाम्चालाई भने फेसबुक र यूटुव जस्ता सामाजिक सञ्जालमा तरकारी उत्पादन गरेको देखेर सफल कृषि उद्यमी बनायो। सुर्य बहादुरले निस्दीमा किराना पसलदेखि प्रविधिको युगमा मोवाइल पसलसम्म राख्नुभयो । धेरै धन कमाउने सपना बुनेर बहराईन पनि पुग्नुभयो तर उहाँलाई कृषि मोहले झकझक्याइरह्यो। २ वर्ष विदेशमा रहदा पनि सोचे जस्तो नभएपछि सुर्यबहादुर घर फर्केर जीवन साथी ममौतीसँग मिली आफ्नै बारीको माटो खनेर तरकारी फलाउने निचोडमा पुग्नुभयो । एकदिन म यस्तो गर्छु र बन्छु भनेर मोवाइलबाट तरकारी खेतीको भिडियो फोटो देखाउनुहुन्थ्यो, एकोहोरो धिपि लिनुहुन्थ्यो, आज यत्ति हुँदा सफल भएजस्तो लाग्छ ममौतीले भन्नुभयो । परम्परागत कृषि त गाँउघरमा गरिरहेका थियौं बुवाले पनि उब्जाउने गर्नुहुन्थ्यो तर व्यावसायिक गर्न सजिलो छैन तर सकिन्छ भन्ने अठोटले कृषिमा नै जोड दिए सुर्यबहादुरले सुनाउनुभयो ।

अहिले उहाँले गल्धा ढुंगानाबेशीमा ६ रोपनी क्षेत्रफलमा फर्म नै खोलेर टनेलमा तरकारी खेती गर्नुभएको छ। उहाँले ४ रोपनीको टनेलभित्र मौसमी बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ । उहाँका बारीमा टमाटर,काक्रा,साग धनियाँ सहितका तरकारी अहिले पनि छ। बोडा, बोडी, काँक्रा र टमाटर रामो उत्पादन हुने सूर्य बहादुरले बताउनुभयो । लकडाउनको समय असोजमा मकै भित्र लगाएको काँक्राको धेरै आम्दानी लिन सकिएकोले हौसला मिलेको थियो यसै कारण अन्धकारमुक्ति बचत ऋण सहकारी संस्थाबाट केही रकम ऋण लिएर व्यवसाय शुरु गर्दा निकै सहज भएको ममौतीको अनुभव छ। गाउँ घरमा खोज्दा कसैले पनि पत्याउँदैनथ्यो, सहकारीले पत्यायो लगानी गर्दै जांदा अझ धेरै निकाल्दै गयो पछि तिर्दै जान पनि सकियो उहाँले भन्नुभयो । "कहिलेकाही २/४ रुपैंया हातमा नभएर मन खिन्न हुन्थ्यो घरको पिढीमा बसेर भावुक हुँदै ममौतीले भन्नुभयो "अहिले धेरै-थोरै होस् दैनिक हातमा पैसा हुन्छ ।" अझ धेरै गर्न मन छ तर किस्ता पनि बेलैमा तिर्नुपर्छ त्यसैले विस्तारै अझ बढाउनेछौ उहाँले सुनाउनु भयो। अन्य केही ठाउँबाट पनि पैसा लिइएको थियो। धेरैजसो चुक्ता भएको छ। व्यावसायिक गर्न सहकारीले धेरै आँट दिएको छ उहाँले थप्नुभयो। तरकारी खेतीबाट खाम्बा दम्पतिले बार्षिक ५ देखि ७ लाखसम्म कमाइ गर्नुहुन्छ । तरकारी खेतीमा बढी खट्नुपर्छ मेहनत बढी लाग्छ तर फाइदा पनि हुन्छ भन्ने बुझेका छौं, त्यसैले बुढाबुढीको दैनिकी यही माटो चलाउँदैमा बित्छ ममौतीले मुस्कुराउँदै भन्नुभयो । यही तरकारीउत्पादनबाट आएको फाईदाले ३ छोराछोरीलाई पढाई खर्च र घरखर्च चलेको छ। जेठी छोरीको बिहे भयो २ जनाले पढ्दैछन् । अझ पनि खर्च हुने दिनमै छौ बुवाआमाको दुःख छोराछोरीको भविष्य सोचेर हो हामीले घरपरिवार र छोराछोरीलाई राम्रो शिक्षा दिन सकियोस् भन्नेछ उहाँले थप्नुभयो। छोरी १२ कक्षामा अध्ययनरत छन् भने छोरा ९ कक्षामा अध्ययन गर्छन् ।

तरकारी खेती अझ फैलाउन खाम्चा दम्पत्तिलाई मन छ । तर तरकारीलाई गर्ने मेहनत र मौसमी भन्दा बजारको लागि बेमौसमी तरकारी गर्नुपर्छ भन्ने उहाँलाई लागेको छ। पछिल्लो समय मलका लागि उहाँहरुले बंग्र पालन पनि गर्नुभएको छ । बंगुर मल र मासुको लागि पालेको बताउदै यत्ति भएपछि बर्खामा किनेपछि अन्य समय गोठमल किन्नु पर्दैन। उहाँको खोरमा ९ वटा बंगुर छन् । बाखा पनि पाल्नुभएको छ ।

पढेर भन्दा परेर सिकिने रहेछ भन्ने सूर्यबहादुरलाई लाग्न थालेको छ. प्राक्टिकललाई नै प्रमुख ठान्ने सूर्यबहादुरले अहिलेसम्म तरकारी खेतीको कुनै तालिम लिनुभएको छैन । गर्दै गएपछि विउविजन चिनिने रहेछ कुन रोग र कुन औषधी उपचार थाहा हुने रहेछ उहाँले सुनाउनुभयो । निस्दी गाउँपालिकाले टनेल निर्माणमा ५० प्रतिशत लगानी अन्तर्गत २ लाख १२ हजारको सहयोग गरेको बताउँदै तालिम लिन पाए अरुको अनुभवबाट सिक्न र सैद्धान्तिक कुरा थाहा पाउने बताउनुभयो ।

२२ लाख लगानीमा जग्गा तयार, टनेल, टहरो बनाएर व्यवस्थापन गरेको फर्म चलाउनु भएका सूर्यबहादुर गत जेठमा परेको असिनाले च्यातिएको टनेलको प्लाष्टिकमा परेको प्वाल देखाउँदै भन्नुभयो राम्रो हालेन भने जाडोमा सित र गर्मीमा खोला छेउको गर्मीले खेती नै बिगारिदिन्छ । बाक्लो बस्ती नभएकाले सिंचाईको राम्रो सुविधा छ ।

पछिल्लो समय पाल्पाकै रामपुर बजारमा बजार पाएको बताउने उहाँले बजार मूल्य अनुसारको किसानसम्म फाइदा नआउदा भने मन खिन्न हुने बताउनुभयो । मौसमी तरकारीलाई बजार पाउन कठिन हुन्छ भारतीय तरकारी सस्तोमा आइदिदा हाम्रो लगानी र मेहनतले उचित मूल्य नपाउने उहाँको भनाई छ ।